२ जेठ, नरेन्द्र बस्नेत बेलबारी ।बजार तथा आसपासका क्षेत्रको शान्ति सुरक्षाका लागी जडान गरिएको सिसि क्यामेरा जडान गरेको वर्ष दिन नबित्दै बिग्रिएका छन ।बेलबारी तथा लालभीत्ति बजारमा जडान गरिएका सिसि क्यामेरा वर्ष दिन नबित्दै बिग्रिएका हुन । सुरक्षाका दृष्टिकोणले संबेदनशील मानिएका क्षेत्रमा नै क्यामेरा नचल्दा सुरक्षा खतरा समेत उत्तिकै बढेको छ ।
बेलबारीको मुख्य चोकमा नै जडान गरिएका क्यामेरा पुन मर्मत हुन नसक्दा बजारमा राखिएका क्यामराले कामै गर्न छाडेका छन । ईलाका प्रहरी कार्यालय वेलवारी तथा लालभिति चोकमा जडान गरिएका दुई वटा क्यामेरा जडान गरेको एक साता नबित्दै विग्रीएका थिए ।बेलबारी ब्यापार प्रबन्ध समितिको अगुवाईमा करिव आठ लाखको लगानीमा वेलबारी बजारका विभिन्न चोकमा जडान गरिएका क्यामेरा समेत यतिबेला चल्दैनन ।
मालपोत चोक, नगरपालीका, ईलाका प्रहरी कार्यालय, फिल्म हल तथा लालभित्ति लगायतका ठाँउमा क्यामेरा जडान गरिएको थियो । ब्यापार प्रबन्ध समिति तथा स्थानियको लगानीमा जडान गरीएका क्यामेराको यतिबेला भर हुन छाडेको छ ।बत्ति नभएको समयमा समेत क्यामेरा बन्द हुन थालेका छन । ईलाका प्रहरी कार्यालय अगाडिको क्यामेरा नियमित रुपमा चले पनि अन्य क्यामेरा भने नियमित रुपमा चलेका छैनन ।
बैँक,बित्तिय संस्था तथा ठुला ठुला पसलले आफनै लगानीमा क्यामेरा जडान गरे पनि यातायातका साधनको बढ्दो चापलाई मध्यनजर गरी जडान गरिएको क्यामेरा बिग्रिएपछि सार्बजनिक यातायातका साधनको लापरबाही समेत बढेको छ ।बजारको शान्ति सुरक्षा कायम गर्न जडान गरिएको क्यामेराले अपराधिक गतिविधि रोक्न सहज बनाएपनि मर्मत सेन्टरको लापरबाहिका कारण समस्या भएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख मेघराज थापाले बताए ।
उता प्रस्ताबित उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुबेदीले दक्ष जनशत्ति अभाबका कारण क्यामेरा मर्मत गर्न नसकेको बताए ।
यहाँ मर्मत गर्ने दक्ष ब्यत्ति नहुँदा इटहरीबाट झिकाउनुपर्ने र भनेको बेला उनीहरु नआउने भएका कारण समस्या भएको उनले बताए । सबै सिसी क्यामेरा नगरापालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको समेत उनले बताए ।