sanghiya gathabandan morcha

२ जेठ, काठमाडाै  । आज संघिय गठबन्धनले सिंहदरवार घेराउ कार्यक्रम गर्दैछ । संघिय गठबन्धनमा मधेसी मोर्चाका दलहरु र अन्य जनजातिय दलहरु सहित २९ दलहरु सामेल छन् ।यो संघिय गठबन्धन मधेसी मोर्चाको आयोजनामा भएको ६ महिना लामो आम हडताल तथा भारतीय नाकावन्दी असफल भएपछि तराईमा मात्र आन्दोलन गरेर नहुने निश्कर्षमा पुगेका मधेस केन्द्रित नेताहरुको पहलमा पहाडका जनजातिहरुलाई पनि आन्दोलनमा उतार्ने तथा काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने उद्देश्यका साथ केही समय अघि वनेको गठबन्धन हो ।

यसले सरकार समक्ष २६ बुँदे माग पेश गरेको छ, जसको मुख्य माग भनेको जातीय आधारमा संघिय सीमांकन र नामांकन रहेको छ । तर यस गठबन्धनमा रहेका दलहरु विच नै सीमांकनको विषयमा भने एकमत रहेको छैन ।

मधेस केन्द्रित दलहरु मधेसमा एक प्रदेश भन्दैछन् भने लिम्वुवान समर्थक दलहरु झापा मोरङ सुनसरी जिल्ला लिम्वुवान प्रदेशमा रहनु पर्ने वताउँछन् । आजको सिंहदरवार घेराउमा कार्यकर्ता र समर्थकहरु उल्लेख्य मात्रामा नआउने देखेर गठवन्धनले माइतीघर र हनुमानस्थानलाई जोड दिएर घेराउ गर्ने योजना वनाएको छ ।

गठबन्धनले यो घेराउ कतिदिन सम्म चल्ने हो भन्ने वारे कुनै औपचारिक जानकारी गराएको छैन । सरकारले पत्र पठाएर वार्ताको आह्वान गरे पनि यसलाई आन्दोलनकारीहरुले सरकारको वार्ता नाटक मात्र भएको भन्दै अस्वीकार गरेका छन् ।आन्दोलनकारी र सरकार विच मुठभेद भयो भने त्यसको सम्भावित असरलाई लिएर जनता भने चिन्तित छन् ।

तपाईको प्रतिक्रिया