13245903_1061135077267752_2020574268_n
जेठ २ इनरुवा / महिला अधिकार र समावेशीताको सिद्धान्त अझै पनि पूर्ण रुपमा लागु हुन नसकेको स्वयं महिला अधिकारका क्षेत्रमा कार्यरत सरोकारवालाहरुले गुनासो गरेका छन् ।सुनसरीको इनरुवामा जागरण नेपालले आयोजना गरेको समावेशी सहभागिताका लागि क्षमता विकास सम्वन्धि कार्यक्रमका सहभागि सरोकारवालाहरुले अझैपनि महिला माथिको विभेद अनत्य हुन नसकेको बताएका हुन् ।

कार्यक्रममा सांसद सुमित्रा थरुनी , अधिकारवादी प्रतिक्षा वस्नेत, स्थानीय अगुवा महिलाका साथै राजनैतिक दलका प्रतिनीधिहरुले महिला शशक्तिकरणको खाँचो औल्याए ।सुनसरीका ६ गाविसमा समावेशीताका लागि क्षमता अभिवृद्धि लगायतका कार्यक्रम संचालन गर्दै आएको जागरण नेपालले पहिलो चरणमा सोनापुर, भाषी र सिंगीयाका समूहमा आवद्ध महिलाहरुका लागि तालिम संचालनमा ल्याएको हो ।सहभागिहलाई मानव अधिकारकर्मी रमेश भट्राईले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया