काठमाडौँ – पाकिस्तान, भारत तथा नेपालसम्मलाई हल्लाउने गरी अफगानिस्तानलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ७ रेक्टरस्केलको शक्तीशाली भूकम्प गएको छ । भूकम्पमा ज्यान गुमाउनेको यकिन संख्या पत्ता नलागेपनि अफगानिस्तान, पाकिस्तान तथा उत्तरी भारतमा भूकम्पको ठूलो प्रभाव परेकोे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प लगत्तै ट्वीट गर्दै भारतसहित अफगानिस्तान तथा पाकिस्तानमा आवश्यक सहयोग पुर्याउन आफ्नो सरकार तयार रहेको बताएका छन् । हिन्दूकुश हिमालय क्षेत्रबाट ४५ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको जार्मलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ । भूकम्पपछि पाकिस्तानका केही टेलिभिजन च्यानलहरुले कार्यालय तथा निजी घरबाट मानिसहरु भागाभाग गर्दै गरेको दृश्य देखाएका छन् । पाकिस्तानको लाहोरसहितका थुप्रै शहरमा टेलिफोन सेवा अवरुद्ध भएको छ । श्रीनगरहित भारतका थुप्रै क्षेत्रमा समेत सञ्चार सेवा अवरुद्ध छ । अहिलेसम्म कम्तिमा पनि पाकिस्तानमा चार जनाले ज्यान गुमाइसकेको खबर छ । भूकम्पपछि भारतको राजधानी नयाँ दिल्ली तथा पाकिस्तानको राजधानी इस्लामावादमा ठूलै त्रास देखिएको छ । यस क्षेत्र भूकम्पिय जोखिमले उच्च मानिन्छ । यसअघि सन् २००५ मा पनि काश्मिरमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा जादाँ ७५ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए । यसै वर्ष नेपालमा गएको भूकम्पले समेत ठूलै क्षति निम्त्यायो । रातोपाटिबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन...
एयर इन्डिया एक्सप्रेसको विमान केरलको कोजिकोडमा दुर्घटना
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात...
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा
इस्लामाबाद । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी म...
महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु पुनः सञ्चालनमा
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरि खुल्न थालेका छन्। सोमबार चलचित्र हेर्नका लागि धेरैले...
अमिताभ बच्चन अस्पतालमा भर्ना, कोरोना संक्रमणको पुष्टि
मुम्बई । अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । ...
भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’
भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच...