prajanan swasthaya inaruwa
जेठ ३ इनरुवा /विपद्का वेला प्रजनन स्वास्थ्य सेवाका लागि अवलम्बन गरिनुपर्ने प्रारम्भिक सेवा विषयमा सरोकारवालाहरुलाई सहजिकरण गराइएको छ ।विपद्का बेला आइपर्ने अन्य समस्या सँगै प्रजनन स्वास्थ्य जटिल र प्राथमिकताको विषय भएकाले प्रारम्भिक सेवाको तयारी प्रति ध्यान दिन जरुरी रहेको औल्याइएको थियो ।
जिल्लामा विपद् व्यवस्थापनका पक्षमा खटिने सरोकारवाला निकायका पदाधिकारीहरु सहितको उपस्थितीकावीच विपदमा यौन स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवाका साथै समन्वय र सहकार्यको विषय उठान गरिएको थियो ।यूएनएफपीएको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका पदाधिकारीका साथै राजनैतीक दलका प्रतिनीतिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया