बिराटनगर कार्तिक ९ , सप्तरी जिल्लाको राजविराजस्थित नेपाली काँग्रेसका एक सभासदको घर पछाडी आज बिहान सिलिण्डर बम भेटिएको छ । सप्तरी क्षेत्र नं. ६ का नेपाली काँग्रेस सभासद सुरेन्द्र यादवको राजविराज नगरपालिका ५ स्थित घरको पछाडी पट्टी शंकास्पद झोलाभित्र सानो आकारको सिलिण्डर बम भेटिएको हो। घर पछाडी शंकास्पद झोला देखिएको भन्ने सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी परिचालन भई उक्त झोला हेर्दा सो भित्र सानो सिलिण्डर र त्यसमा ब्याट्री तथा तार जडान गरी बनाईएको बम फेला परेको थियो। उक्त बमलाई स्थानीय नेपाली सेनाको टोलीद्वारा निष्कृय गरिएको छ भने घटनासम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको पुर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।आवरबिराटनगर बाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवामा ठाकुर समाजको प्रथम जिल्ला अधिवेशन
नेपाल ठाकुर समाज जिल्ला कार्य समिति सुनसरीको प्रथम जिल्ला अधिवेशन इनरुवामा हुन गईरहेको छ । नेपाल ठाकुर समाज जिल्ला कार्य...