narsingh accident
जेठ ५ इनरुवा / पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा लौकही सडक खण्डको नरसिङ ८ मा माइक्रो दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।पूर्वबाट पश्चिम जाँदै गरेको को १ ज २४०१ नम्बरको माइक्रो अनियन्त्रित भई सडक किनारमा पल्टिन पुगेको थियो ।तिव्र गतिमा रहेको माइक्रोको पछाडीको टायर पठकिएपछि अनियन्त्रित भई दुर्घटना हुन पुगेको सुनसरीका डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

घाइते सबैको इनरुवा अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि गोल्डेन हस्पिटल विराटनगर रेफर गरिएको सुनसरी प्रहरीले जनाएको छ । घाइतेहरु सबैजसोका हात खुट्टामा चोट लागेको छ । उनिहरुको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया