china-kukur

छिमेकी देश चीन नेपाल भन्दा हरेक कुराले सम्पन्न र विकसित छ । नेपालको उत्तरी सिमानासँग जोडिएको विशाल देश चीनको बारेमा हामीलाई धेरै कुरा थाहा नहुन सक्छ । कम्युनिस्ट शासन चलिरहेको चीनबाट धेरै तथ्यहरु बाहिर नआउने गरेकाले पनि त्यस्तो हुन गएको हो ।

 तर जतिनै कडाई गरेपनि चीनबाट बेला बेलामा आश्चर्यमा पार्ने खबरहरु सार्वजनिक हुने गरेको छ । त्यस्तै आश्चर्यमा पार्ने विषयहरु यस प्रकार रहेको छ ।

१. हङकङको पोलिटेक्निक युनिभरर्सिटीमा महिलाले लगाउने ब्रा सम्बन्धि डिग्री रहेको छ ।

२. चीनमा टेबल कुर्ची छाडि चार खुट्टे जेको पनि मासु खाने गरिन्छ ।

३. त्यस्तै चीनमा बालकहरुको पिसावमा अंगा उमालेर खाने चलन छ । यो चलन हजारौं वर्ष देखि चीनमा चलिआएको छ । यसका लागि सरकारी स्कुलबाट पिसाव जम्मा समेत गरिन्छ । यस प्रकार अन्डा खाने गर्नाले कम्मरको दुखाई कम हुने र दिन भर तन्दुरुस्त हुने धारणा पाइन्छ ।

४. चीनको जेलमा यतिधेरै बन्दीहरु छन् की उनीलाई मृत्युदण्ड दिएर लाने बेला एउटा छुट्टै गाडिको व्यवस्था गरिएको छ ।

५. विश्व शक्तिका रुपमा उदाउँदै गरेको चीनमा करोडौंका संख्यामा सेनाहरु छन् । चीनको सैन्य तालिम दुनियाँभरमा चर्चित समेत छ । त्यहाँ तालीमको दौरानमा सैनिकहरुको गर्दनमा पीन राखिन्छ । ताकी सैनिकहरु हल्लन नसकोस ।

६. चीनमा पनि ट्राफिक जाम हुने गर्छ । नेपालमा जाम हुँदा १०÷१५ मिनेटसम्म जाम हुनसक्छ । तर चीनमा १० दिनसम्म जाम हुन सक्छ।

७. हाम्रो देशमा गुफा पयर्टनका लागि हेर्न स्थल बन्छ । तर चीनमा आजपनि ४ करोड मान्छेहरु गुफामा बस्छन् । चीनको शांक्सी प्रान्तको यनानमा आजपनि ४ करोड मानिसहरु गुफामा बस्छन् ।

८. नेपालको सडकहरुमा भुस्याह कुकुर जहाँ पनि उपलब्ध हुन्छ । तर चीनमा डग मिट फेस्टिवल नै आयोजना गरि काटेर खाईन्छ । उक्त फेस्टिभलमा हरेक वर्ष चीनमा १० देखि २० करोड कुकुरहरुको हत्या हुन्छ ।

९. चीनमा बच्चाहरु भिडियो गेम अत्याधिक खेल्छन् । जसका कारण उनीहरु पटक पटक पुर्नस्थापना केन्द्र जाने गर्छन् ।

१०. चीनमा हरेक वर्ष ७० अग्ला अग्ला विल्डिङहरु बन्छन् ।

तपाईको प्रतिक्रिया