youth of inaruwa sarsafai budhjayanti

जेठ ८ इनरुवा /बुद्ध जयन्तीको अवसरमा सुनसरीको इनरुवामा सरसफाई गरिएको छ ।युथ अफ इनरुवाको आयोजनामा इनरुवा बजार सहित आसपासका मठ मन्दिरमा सरसफाई गरिएको हो ।प्रत्येक शनिवार युथ अफ इनरुवामा आवद्ध युवाहरुको समूहले नगर सरसफाई गर्दै आएकोमा आज बुद्ध जयन्तीको अवसरमा सामूहिक सरसफाईको आयोजना गरिएको थियो ।

सरसफाई अभियानमा नेपाली सेना, जनपथ प्रहरी र स्थानीयले समेत सहभागिता जनाएका थिए ।लोकतान्त्रिक चौकबाट सुरु भएको सरसफाई अभियान बसचौकमा टुंगिएको थियो ।

तपाईको प्रतिक्रिया