८ जेठ , काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंले अधिकार नदिए फेरि मधेसमा गएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।पार्टी कार्यालय मध्यबानेश्वरमा आज गरिएको एक कार्यक्रममा अध्यक्ष महतोले काठमाडौंमा जारी आन्दोलनबाट अधिकार नलिइ आफूहरु नफर्कने समेत दावी गरे ।

उनले आफूहरु खाली हात फर्कने अवस्था आएको खण्डमा त्यसपछिको स्थिति नियन्त्रण भन्दा बाहिर जाने चेतावनी दिए । कार्यक्रममा संघीय समाजवादी फोरममा आबद्ध मधेसी ट्रेड युनियन महासंघ नेपाल आधिकारिकरुपमा सद्भावना पार्टीसँग आबद्धताको घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया