८ जेठ , काठमाडौँ । रोजगारीको शिलशिलामा दुबई गएका एक नेपालीको निधन भएको छ ।धादिङ जिल्ला ज्यामरुङ -९ गैह्रेका थान बहादुर गुरुङको आज बिहान निधन भएको हो । गत बुधबार बिहान ४ बजे अचानक बेहोस भएका थिए । बेहोस भएका गुरुङलाइ अजमान स्थित शेख खलिफा बिन जायद हस्पिटलमा उपचार भईरहेको थियो ।

उच्च रक्तचापका कारण उनको हस्पिटलमै मृत्यु भएको हुनसक्ने बताइएको छ । विगत १७ बर्ष देखी युएईको अजमान स्थित KHK स्क्याप फोल्डीङ कम्पनिमा कार्यरत गुरुङ धादिङ सेवा समाज अजमान क्षेत्रिय समितिका अध्यक्षसमेत हुन् ।

गुरुङको घरमा आमा, छोरा छोरी, श्रीमति र तिन भाईहरु रहेका छन भने तिमध्य दुई भाईहरु रोजगारीको शिलशिलामा दुबईमै कार्यरत छन । उनको शव मंगलबार सम्म नेपाल ल्याउने तयारि भइरहेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया