thekedar company morang bhawan malpot

९ जेठ, नरेन्द्र बस्नेत मोरङ । कमसल खालका निर्माण सामाग्री प्रयोग गर्दा मालपोत कार्यालय बेलबारीको नबनिर्मित भबन बनाई नसक्दै भत्किन थालेको छ ।२०७१ जेठ १९ गते सम्झौता गरिएको भवन २०७३ जेठ १८ गते सम्ममा कार्यालयलाई हस्तान्तरण गरिसक्ने गरि सम्झौता गरिएपनि भवन बनाई नस्कदै भत्किन थालेको छ । हस्तान्तरण गर्ने दिन नजिकिँदै जाँदा ठेकेदारको चरम लापरबाहीका कारण बन्दै गरेको नबनिर्मित भबन बनाऊन सुरु गर्दा नै भत्कन थालेको छ । केहि दिन अघि मात्रै पहिला तलाको लागी लगाईएको पिल्लर भत्कन सुरु गरेको छ ।

समयमै भबन बनाउने भन्दै कार्यालयले ताकेता गरेपछि बनाउन थालेको मालपोत कार्यालयको नब निर्मित भवन बनाई नस्कदै भत्किन थालेको छ । ठेकेदारको लापरवाहीका कारण भवन तोकिएको समयमा नसकिने पक्का नै थियो । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय विराटनगरले हेर्ने जिम्मा पाएपनि ठेकेदारको काम प्रति चासो देखाएको छैन । ४ करोड ९८ लाख ८१ ह्जार ५सय ४९ रुपैयाँ ६९ पैसाको ठेक्का मार्फत कामको जिम्मा लिएको ए.के एन्ड गान्वा कन्ट्र««क्सन शान्तिनगर काठमाण्डौ ले समयमानै काम नगर्दा अध्याँरो कोठामा मालपोत कार्यालयको भवन वस्न वाध्य वनेको छ ।

काम छिटो गर्न पटक पटक आग्रह गरे पनि सम्वन्धित ठेकेदारले विभिन्न कारण देखाउदै काम ढिलो गरेपछि दिउँसै वत्ति वालेर काम गर्नु पर्ने वाध्यता भएको मालपोत प्रमुख खरुदेव चुडालले वताए । करिव चार तलाको भवन वनाउने गरि जिम्मा लिएको सो कन्ट्र««क्सनले पहिला तलको पिलर हालेको प्रन्ध्र दिन नबित्दै भत्किन थालेको छ । यतिबेला साढे तिन तलाको भवन वनाई सक्नु पर्ने भएपनि ठेकेदारले ध्यान नदिँदा कार्यालय सचाँलनमा समस्या देखीएको मालपोत कार्यालय वेलवारीले जनाएको छ ।

कमसल खालका निर्माण सामाग्री प्रयोग गरेको आफुले पनि देखेको मालपोत कार्यालय बेलबारीका प्रमुख खरुदेव चुडालले बताए । उनले ठेकेदारले अहिले बनाएको कमसल पिल्लर भत्काएर नयाँ बनाउनु पर्ने समेत बताए । यस बिषयमा सम्वन्धीत ठेकेदार सँग सम्पर्क गर्न खोज्दा उनी सँग सम्पर्क हुन सकेको छैन । उनले प्रयोग गर्दै आएको मोबाईल स्वीच अफ भएका कारण उनी सँग पटक पटकको सम्पर्क प्रयास असफल भएको छ ।

तपाईको प्रतिक्रिया