१० जेठ , काठमाडौं । एक व्यक्तिले आत्महत्या गर्नका लागी चिडियाखानाको सिंहको खोरमा सुसाइट नोट लेखेर नांगै खसेका छन् । चिली की राजधानी सैनटियागोको एक चिडियाखानामा २० बर्षिय युवकले आत्महत्या गर्नका लागी नांगै सिंहको खोरमा खसेका हुन् ।चिडियाखाना प्रशासनले उनीलाई बचाउनका लागी दुई वटा सिंहलाई गोली हानेर मारेको छ ।
‘मान्छे खसेपछि पहिलो प्राथमिकता उसको जीवन रक्षा गर्ने हो,’ चिडियाखाना प्रशासनले भनेको छ। शनिबार चिलीको सैंटियागो महानगर चिडियाखानामा खसेका अन्दाजी २० वर्षीय युवकलाई सींहको पञ्जाबाट उद्धार गरी नजिकैको अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको अवस्था चिन्ताजनक रहेको अस्पताल प्रशासनले जनाएको छ।
शनिबार दिउँसो भीडभाड भएको बेला सिंहको खोरमा उक्त व्यक्ति आत्महत्याका लागि भन्दै नांगै झरेका थिए। मान्छे खस्ने बित्तिकै दुई वटा सिंहले आक्रमण गरेका थिए। लगत्तै चिडियाखानका मान्छेले मानिसको ज्यान बचाउनु ठूलो कुरा भन्दै सिंहलाई गोली हानेर मारेका थिए ।महानगर पार्क चिडिया घरका निर्देशक मौरिसियो फेब्रीका अनुसार उक्त व्यक्तिको बाहिर रहेको कपडामा ‘सुसाइट नोट फेला परेको छ । एजेन्सी