इनरुवा जेठ १०/ अन्तरजातीय विवाह गरेका ६ जोडीलाई आज इनरुवामा आयोजित एक विशेष कार्यक्रमकावीच सम्मान गरिएको छ ।
नेपाली काँग्रेस सुनसरीले राष्ट्रिय समता दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रममावीच उनिहरुलाई सम्मान गरिएको हो ।
समाजमा उदाहरणीय कार्य गरेर छुवाछुत र विभेद अन्त्यको पहलमा प्रशंसनिय कार्य गरेको भन्दै ६ जोडी दम्पतिलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य गोविन्द भटराई ,काँग्रेस सुनसरी सभापति राजिव कोइराला, सांसद सीताराम मेहताले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्नुभएको थियो ।

अन्तरजातीय विवाह बन्धनमा बाँधिनेहरुमा इनरुवा २ का अञ्जिता परिवार र रविन झा, इटहरी ७ का मानवहादुर रसाइली र उर्लावारीकी गिता कार्की, उमेश खत्वे र बबिया ९ की ममता चौधरी, धरानका अनुप शंकर– ज्योति श्रेष्ठ, चिमडीका शिवनारायण राम– सरस्वति चौधरी र हरिपुरका श्यामसुन्दर सदा र मलारी मुखिया  रहेका छन् ।

तपाईको प्रतिक्रिया