१२ जेठ, रविन्द्र साह, सप्तरी । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकहरुले मंगलबार जिल्ला विकास समिति सप्तरीमा ज्ञापन पत्र बुझाएका छन ।बुझाईएको ज्ञापन पत्रमा सप्तरीमा संचालित एलजिसीडीपीका सामाजिक परिचालकहरुले आफुहरुलाई पुनः जिल्ला विकास समितिबाट सेवा प्रदायक संस्थाहरुमा पठाउने भएकोले सो बदर गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै आफु सामाजिक परिचालकहरुले बर्षौदेखि ईमान्दारी पुर्वक कामकाज गर्दै आईरहेको अवस्थामा पुनः आफुहरुलाई संस्थामा पठाउने कार्यको घोर भत्सर्ना गर्दै सो कार्य जिल्ला विकास समिति सप्तरीले बदर नगरेको खण्डमा आफु जिल्लाभरीका सम्पुर्ण सामाजिक परिचालकहरुले कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको तथा आफुहरुमाथि संस्थाले आर्थिक ,सामाजिक र शारीरिक रुपमै शोषण गर्दै आएकोले आफुहरुलाई पुन संस्थामा पठाउँदा आफुहरुले सामुहिक रुपमै राजिनामा दिने सप्तरीको सकरपुरा गाविसका सामाजिक परिचालक शिबनाथ यादव शिबुले बताउनुभयो ।सो ज्ञापन पत्रको बोधार्थ शासन बिग्य एलजिसीडीपी सप्तरी, सामाजिक विकास शाखा सप्तरी, नेपाल पत्रकार महासंघ, गैर सहकारी संस्था महासंघ र लोकतान्त्रिक गैसस महासंघ सप्तरीमा समेत पठाएको सामाजिक परिचालक संजाल सप्तरीका अध्यक्ष शिव शंकर मेहताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया