13285540_1066443660070227_1242744334_n
इनरुवा जेठ १२/ग्रामिण भेगमा रहेर सचेतना र शशक्तिकरणको अभियान संचालनमा ल्याउने जिम्मेवारी वहन गर्दै आएका विशेष गरी महिला सहजकर्ताहरुलाई लागि अभिमुखिकरण तालिम संचालनमा ल्याइएको छ ।
सुनसरीको इनरुवामा ४ दिन सम्म चलेको प्रशिक्षण प्रशिक्षक कार्यक्रममा ६ गाविसका महिला सहजकर्ताहरुको सहभागिता रहेको थियो ।

13292998_1066443646736895_1985629501_n
सहभागिहरुलाई आयोजक संस्था आरआएनकी कार्यक्रम संयोजक सरस्वती कोइराला, जिविस सुनसरीकी सामाजिक विकास अधिकृत माया राई, अधिकारकर्मी विमला पोखरेल लगायतले सहजिकरण गर्नु भएको थियो ।
सामाजिक विकास कार्यक्रम अन्र्तगत संचालित सो कार्यक्रममा सहभागिहरुलाई नागरिक सचेतना केन्द्रको काम, कर्तत्व, अधिकार र जिम्मेवारी सहित क्षमता अभिवृद्धिका बारे प्रशिक्षण दिइएको थियो ।

तपाईको प्रतिक्रिया