१७ जेठ, रविन्द्र साह सप्तरी। सप्तरीको शम्मुनाथ नगरपालिका ८ स्थित राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको एक माइक्रो दुर्घटनाहुँदा चार जना यात्रु घाइते भएका छन् । बा.३ ख ८६२६ म.को माइक्रो अनियन्त्रित भई दुर्घटना हुँदा माइक्रोमा सवार चितवन भरतपुर ११ वस्ने प्रकाश मल्ल, सुनसरी २ बस्ने सृजन राई, भोजपुर नेपालटार बस्ने उमा विष्ट र मनिष लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइतेहरु उपचारका लागि धरान घोपा पठाइएको तथा माइक्रो र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया