१७ जेठ, रविन्द्र साह सप्तरी।सेवा निवृत राष्ट्र सेवक संघ नेपालको सप्तरी जिल्ला तदर्थ समिति गठन भएको छ। संघका केन्द्रिय अध्यक्ष बेदनिधि निरालाको विशेष उपस्थितिमा सेवा निवृत राष्ट्र सेवकहरुको सप्तरी भेलाले ई. प्रयाग यादवको संयोजकत्वमा ६ सदस्यी तदर्थ समिति गठन भएको जनाइएको छ । गठित समितिको सहसंयोजकमा पूर्व शिक्षिका मञ्जु श्रेष्ठ, सचिवमा पूर्व शिक्षक विश्वनाथ महतो, कोषाध्यक्षमा पूर्व शिक्षक अशर्फीलाल यादव तथा सदस्यहरुमा ई. नारायण यादव र पूर्व शिक्षक मुक्तिनाथ यादव रहनु भएको छ । त्यस्तै सल्लाहकारमा पूर्वसंयोजक ई. सूर्य नारायण यादव रहनु भएको छ ।

तपाईको प्रतिक्रिया