१७ जेठ, रविन्द्र साह सप्तरी।१७ औं राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरी सप्तरीमा पनि मनाउने भएको छ ।नेपालमा सरसफाई अभियान तिव्र रुपमा अगाडी बढीरहेको अवस्थामा १७ औं राष्ट्रिय सरसफाई सप्ताह अगामी जेष्ठ २३ गतेदेखि २९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाईने जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख एवं जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वत्छता समन्वय समितिका सदस्य सचिव ई.लोकेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर घरमा सफा चर्पी, हाम्रो जिम्मेवार स्वच्छ, पानी स्वच्छ बानी, हाम्रो सरोकार भन्ने मुल नाराका साथ एक सप्ताहसम्म विभिन्न कार्यक्रम गरी मनाईने बताउनुभयो ।सप्ताह व्यापी कार्यक्रम अन्तगर्त केन्द्रिय कार्यक्रम अनुसार कार्यालय परिसरमा सरसफाई गर्ने, कार्यालयहरुको प्रवेशद्वार तथा परिसरमा सरसफाई सप्ताह सम्बन्धि ब्यानर राख्ने, विद्यालयहरुमा सरसफाई कार्यक्रम लगायत सरसफाई र स्वच्छता सम्बन्धि अन्तरक्रिया, छलफल, प्रतियोगात्मक क्रियाकलापहरु गर्ने, सबै सरोकारवालाहरुको संयुक्त पहलमा सरसफाई सन्देश एवं जिंगलहरु विभिन्न पत्रपत्रिका, रेडियो मार्फत प्रचार प्रसार गर्ने, सरसफाई सम्बन्धि रेडियो र टिभीमा छलफल तथा अन्तरक्रिया, खानेपानीका मुहानहरु सरसफाई, कार्यालय परिसरमा फोहोर फाल्ने तीन वटा डस्टविनको व्यवस्था गर्ने तथा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि चेतनामुलक कार्यक्रम तथा आईसी सामग्री प्रदर्शनी लगायतका कार्यक्रमहरु आयोजान गर्ने ई.यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया