१७ जेठ, रविन्द्र साह सप्तरी।संघीय गठबन्धनले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।जेठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन गर्ने, गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन १ र १ जना अनसन बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने, प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका कार्यक्रमहरू तय गर्न सकिने र अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने गठबन्धनका संयोजक उपेन्द्र यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ ।

तपाईको प्रतिक्रिया