१७ जेठ,रविन्द्र साह सप्तरी ।सप्तरीको कन्चनरुप नगरपालिका ४ स्थित जगतपुर र कविलासामा पुर्ण सरसफाइ कार्यक्रममा स्थानीयबासीहरु जुटेका छन ।सन २०१६ भित्रमा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुरुप जिल्लाको प्रत्येक गाविस तथा नगरपालिकाहरुमा धमाधम सरसफाई अभियान संचालनमा आएको हो । जसअन्तर्गत कंचनरुप नगरपालिकामा वडास्तरीय पुर्ण सरसफाई तथा खुल्ला दिसा मुक्त अभियान अन्तर्गत त्यहाँका महिलाहरुकै नेतृत्वमा वडामा सरसफाई तथा खुल्ला दिसा मुक्त अभियान संचालनमा ल्याएका हुन ।
वडास्तरीय सरसफाई स्वच्छता समन्वय समिति कंचनरुप नगरपालिकाको अगुवाईमा त्यहाँका स्थानीयबासीहरु घर घररबाट आएर सो अभियानमा लागिपरेका हुन ।स्मरण रहोस सप्तरीको ९१ गाविसमध्ये २३ वटा गाविसहरु खुल्ला दिसा मुक्त गाविस तथा ५ वटा नगरपालिका मध्ये ४ वटा वडा समेत खुल्ला दिसा मुक्त घोषणा भईसकेको छ ।

तपाईको प्रतिक्रिया