१७ जेठ, रविन्द्र साह सप्तरी।स्थानिय निकायबाट दिने सेवा सुबिधा र मानवअधिकार सम्बन्धि अन्तरक्रिया सोमबार सप्तरीको लोहजारा गाविसमा सम्पन्न भएको छ । समग्र विकास सेवा केन्द्र सप्तरीको आयोजना सम्पन्न अन्तरक्रियामा सहभागिहरुले स्थानिय निकायहरुबाट सहज रुपमा सेवा सुबिधाहरु उपभोग गर्न नपाएको गुनासो गरेका छन् ।

समग्र सेवा केन्द्रद्वारा गठित समाजिक परिवारका अध्यक्ष सिताराम मुखियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानियबासी तथा नेकपा एमालेका देवनारायण यादवले गाविसमवा महिला, दलित तथा बालबालिकाका लागि आउने बजेटको सदुपयोगका लागि समाजिक परिवारका सदस्यहरु अघि बढ्नुपर्ने बताउनुभयो ।सो कार्यक्रममा गाविस सचिव गोपाल खतिवडा, निवर्तमान गाविस उपाध्यक्ष नारायण मण्डल, स्थानिय किसन चौधरी, पत्रकार राजु विश्वकर्मा, समग्र सेवा केन्द्र सप्तरीका संयोजक अरुण चौधरी, समग्र सेवा केन्द्रका बरिष्ठ उत्प्रेरक रामप्रसाद चौधरी लगायतले बोल्नुभयो ।

तपाईको प्रतिक्रिया