१८ जेठ, रविन्द्र साह सप्तरी। मधुपट्टी गाविस ४ स्थित भित्री सडकमा सोमबार बिहान ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।बाटो क्रश गर्ने क्रममा बिहान ६ बजेतिर स. १ त ३२१० नम्बरको ट्याकटरले ठक्कर दिँदा स्थानीय शिवनारायण चौधरीको ११ वर्षिय छोरा रमित कुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्कबाट गम्भीर घाइते बालकको उपचारकालागी रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पताल लहान लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।यता प्रहरीले ठक्कर दिने ट्याकटरलाई नियन्त्रणमा लिएको जनाएको छ ।यसैगरि पूर्व पश्चिम लोकमार्ग अन्तरगत सप्तरीको शम्भुनाथमा आइतबार भएको सवारी दुर्घटनाबाट एक जना घाइते भएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका ६ मा आईतबार साँझ ६ बजेतिर पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना १ ज २३५७ नम्बरको म्याजिकले बिपरित दिशा आउदै गरेको बा २८ प १५५८ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलका चालक सप्तरी हर्दिया गाविस ५ बस्ने २५ वर्षिय भोला साह घाइते भएका छन ।गम्भीर घाइते साहको सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कठौनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया