je khop sunsari tayari
इनरुवा जेठ १८/जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले १५ वर्ष मुनिका बालबालिकाहरुकालागि लगाइने जापानीज इन्सेफ्लाइटिस विरुद्धको खोपको तयारी पुरा भएको जनाएको छ ।इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले खोपको तयारीबारे जानकारी गराएको हो ।जिल्लामा रहेका २ लाख ३७ हजार ५ सय ९ जना बालबालिकामा खोप लगाइने खोप अधिकृत पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जिल्लामा तीन चरणमा खोप अभियान संचालनमा ल्याइने छ ।पहिलो र तेस्रो चरणको खोप अभियान एकैसाथ जेठ २२ गतेदेखी ३० गते सम्म र दोस्रो चरणको खोप अभियान असार ३ गतेबाट ११ गते सम्म संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।अभियानका लागि ४ सय स्वास्थ्यकर्मी र १ हजार २ सय ६५ जना महिला स्वयंसेविकाहरु परिचालित हुने स्वास्थ्य प्रमुख दिल्लीरमण अधिकारीले जानकारी दिनुभयो ।अभियानबारे जानकारीकालागि नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा सम्पर्क गर्न भनिएको छ ।

je khop sunsari tayari1

सुनसरीमा ७ जनामा संक्रमण रहेको भेटिएपनि संकमितको संख्या बढी हुनसक्ने आशंकामा झापा र मोरङ सहित सुनसरीलाई जोखिम पूर्ण क्षेत्रमा रुपमा लिइदै आइएको छ ।यो रोग पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । क्युलेस जातको लामखुट्टेले चराचुरुङ्गीलाई टोकेपश्चात लक्षणवीहीन अवस्थाको भाइरस सकृय हुन पुग्छ भने पूनः लामखुट्टेले पशुलाई टोक्दा सो भाइरस थप वृद्धिविकासको चरणमा पुग्ने गर्छ । सो क्रमको भाइरस युक्त पशुलाई टोक्दा पूर्ण रुपमा संक्रमित बन्न पुगेको लामखुट््टेले मान्छेलाई टोके लगत्तै जापनीज इन्सेफ्लाइटिसको संक्रमण मानिसमा फैलन पुग्दछ ।

रोगको रोकथामको एकमात्र विपल्प खोप लगाउनु मात्रै भएकाले बढीमात्रामा संक्रमणमा पर्ने संख्यालाई आधारमानी १५ वर्ष मुनिका बालबालिकामा खोप लगाउन लागिएको खोप अधिकृत सिग्देलको भनाई छ । सो रोगको लक्षणहरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, वाकवाकी आउने, अचेत हुने, स्मरण शक्ति हराउँदै जाने, शारिरिक अपाङ्गता समेत हुन सक्ने खालका हुने गर्दछन् ।

je khop sunsari tayari2

तपाईको प्रतिक्रिया