पाकिस्तान यात्रा र उनी भारत फर्किएको घटनालाई अहिले धेरै भारतीय मिडियाले चर्चित चलचित्र बजरंगी भाइजानको कहानीसँग जोडेका छन् ।
चलचित्रमा जसरी मुन्नीलाई ६ जनाले सहयोग गरेका छन् । त्यसरी नै गीताको कहानीमा पनि महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरु छन् । उनको सत्यकथामा कोही बजरंगी भाईजानका सलमान खान जसरी त कोही करीना जसरी आएका छन् । त्यस्तै कोहीले चान्द नबाब अर्थात नवाजुद्धिन सिद्धी जसरी यस गिताको कहानीलाई पाकिस्तानबाट भारतसम्म पुयाएका छन् । त्यसैकारण अहिले उनलाई बजरंगी भाईजानको मुन्नी जस्तै मानिएको छ ।

को हुन गीता ?
गीता १५ वर्षदेखि पाकिस्तानमा थिइन् । गल्तिवस बोर्डर पार गर्नासाथ उनलाई पाकिस्तानको पन्जाबका रेन्जर्सले समातेका थिए । लाहौर रेलवे स्टेशनमा रहेको सम्झौता एक्सप्रेसमा एक्लै बसिरहेको अवस्थामा उनी भेटिएकी थिइन् । उनको उमेर त्यतिबेला केवल १० वर्षको थियो । त्यसपछि रेन्जर्सले १५ वर्षअघि उनलाई लाहोरको ईधी फाउन्डेशनमा लगेका थिए । केही समयपछि उनलाई कराँतीस्थित यसै संगठनको एक सेल्टर होम अर्थात आश्रयस्थलमा पठाइयो । कराँचीमा मदर अफ पाकिस्तानको नामबाट चिनिने बिलकिस ईधीले यि बालिकाको नाम गीता राखिन् ।

गीताको कहानीमा भूमिका खेल्ने व्यक्ति र बजरंगी भाईजानका चरित्र
१ रील लाईफमाः पवनकुमार चतुर्वेदी उर्फ बजरंगी (सलमान खान)
चलचित्रमा भूमिकाः मुन्नीलाई भारतबाट उसको देश पाकिस्तान फर्काउन मुख्य भूमिका
गीताको रियल लाईफमाः ईधी फाउन्डेशनका अध्यक्ष फैसल ईधी ।
फैसल ईधी भन्छन्, ‘वर्षौदेखी हामी उनको शर र परिवारका सम्बन्धमा जानकारी लिन प्रयासरत थियौँ, ताकि उनी फर्कन सकून् । उनी फर्कदा हामीलाई दुःख छ किनकी हामीलाई उनको माया लाग्छ । तर, खुसी पनि छौँ किनकी उनी आफ्नो परिवारमा फर्किएकी छिन् ।’

२ रिल लाईफमाः रसिका (करिना कपूर)
चलचित्रमा भूमिकाः मुन्नीको सबैभन्दा धेरै ख्याल राख्छिन् र बजरंगीलाई उनलाई पाकिस्तान फर्काउन आर्कषित गर्छिन् ।
गीताको रियल लाईफमाः फैसलकी श्रीमती बिलकिस ईधी । बिलकिसले नै झुक्किएर पाकिस्तान आएकी यि युवतीको नाम गीता राखेकी थिइन् ।
३ रील लाईफमाः चान्द नबाब (नवाजुद्धिन सिद्धीकी )
चलचित्रमा भूमिकाः पाकिस्तानमा मुन्नीको समाचार सबैभन्दा पहिला सम्प्रेषण गर्ने रिर्पोटर
गीतको रियल लाईफमाः पाकिस्तानी पत्रकार हसन मन्सूर ।
उनले ८ अगस्ट २०१२ मा सबैभन्दा पहिला गीताको अन्तरवार्ता लिएका थिए । त्यसपछि भारतमा गीताको सम्भावित परिबारका विषयमा खोजी सुरु भयो । दुबै देशका अधिकारी सक्रिय भए । उनले गीता भारत नआएसम्म यस विषयमा फलो गरिरहे ।
४ रील लाईफमाः असलम खानको परिवार
चलचित्रमा भूमिकाः चलचित्रमा रसिकाको नजिकै बस्ने मुस्लिम परिवार जसको घरमा मुन्नी ननभेज खाना खान पुगेकी थिइन् । त्यहाँ उनी नमाज समेत पढ्थिन् ।
रियल लाईफमाः कराँचीमा बस्ने डाक्टर देविका र उनका पति । गीता प्राय उनीहरुको घरमा बनेको मन्दिरमा पुजा गर्न जान्थिन् । यही देखेर फैसलले गीताका लागि भगवान्को मूर्ति किनेका थिए ।
५ रील लाईफमाः मौलाना साहब (ओम पुरी )
चलचित्रमा भूमिकाः मुन्नीलाई पाकिस्तान छोड्ने क्रममा प्रहरीबाट बचाउन मस्जिदमा एक राता मुन्नी, बजरंगी र चान्द नबाबलाई लुकाएका थिए । अर्को बिहान तिनै जनालाई आफ्नो गाडीबाट गन्तव्यसम्म लगेका थिए ।
रियल लाईफमाः कराँतस्थित स्वामीनारायण मन्दिरका पुजारी वीर सीमल । उनले गीतालाई पाकिस्तानमा भएका थुप्रै समस्याबाट बचाएका थिए ।
रील लाईफमा नकारात्मक भूमिकाः महाराजा टूर एन्ड टाभल्सका टाभल एजेन्ट कणाल पण्डित । मुन्नीलाई पाकिस्तान लैजानुअघि बजरंगीले पण्डितलाई नै टिकटको पैसा दिएका थिए । तर, उनले मुन्नीलाई पाकिस्तान लैजानुको सट्टा बेच्न लगे ।
गीताको रियल लाईफमा सकारात्म भूमिका ः पोलानी टाभल एजेन्ट । गीतको जीवनमा पोलानीले उनलाई भारत पठाउनका लागि भिसा तथा टिकटसँग जोडिएका प्रक्रिया पुरा गर्न सहयोग गरे ।

Pakistan India Reunion

गाँउमा भाईबहिनी गीताको प्रतिक्षामा
बिहारको सहरसा जिल्लास्थित चिरैया ओपीको कबीरा धाप गाउँमा गीता फर्किएपछि सबै खुसी छन् । गाउँमा यस समाचार सार्वजनिक भएसँगै सबै गीताको घरमा जम्मा भएका थिए । सबैलाई गीता कहिले गाउँछन् भन्ने प्रतिक्षा थियो । गीताका बाबु जनार्दन महतो भने उनलाई दिल्लीमै लिन आएका थिए ।

नयाँ घटनाक्रम
सहरसामा जनार्दन महतो बाहेक अन्य दुई परिवारले पनि गीता आफ्नी छोरी रहेको दाबी गरेको छ । गीता बोल्न र सुन्न सक्दिनन् । त्यसैले उनका वास्तविक बाबु आमाको पहिचान गर्न उनको डिएनए परिक्षण गरिने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।रातोपाटिबाट

 

तपाईको प्रतिक्रिया