bimal-gharti-magar-at-teaching-hospital-1

१८ जेठ , नवलपरासी । जेठको १३ गते बिहिबार नवलपरासी बर्दघाट भुताहाकि मनिषा घर्ति मगरको पोष्टमार्टमको रिपोर्ट आएको छ । घरमा एक्ली रहेकी मनिषा बिहान मृत अवस्थामा भेटिएपछि उनको हत्या हो या आत्महत्या हो भन्ने बारे रहस्य खुल्न सकेको थिएन ।पोष्टमार्टम गरेको केहि दिन बितिसक्दा समेत आउननसकेको रिपोर्ट आज आएको हो । तर रिपोर्ट अनुसार अझै पनि मनिषाको हत्या हो या आत्महत्या हो भन्ने स्पष्ट हुन सकेको छैन ।

शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार मनिषाको पोष्टमार्टम रिपोर्टमा ठ्याक्कै आत्म हत्या र हत्या खुल्न सकेको छैन । उनका अनुसार घाँटीमा प्रेसरका कारणले मृत्यु भएको देखिएको छ । मनिषाको गालामा सानो चोट लागेको र घाँटीमा २५ सेन्टिमिटरको डाम रहेको छ, डाम सलको आकारसँग मिल्दोजुल्दो छ ।रिपोर्टमा हृयाङ्गिङ भनेर आएको कारण पनि आत्महत्या र हत्या के भएको हो भन्ने स्पष्ट भएको बताइएको छ । हृयाङ्गिङ भन्नाले झुण्डिएको भन्ने बुझिन्छ तर यहाँ आफै झुण्डिएको हो या अरुले झुण्डिाएको हो भन्ने स्पष्ट नभएको कारण यसै भन्न नसकिएको डा. हरिहर बस्तीले बताए ।यता मनिषाका प्रेमी रुद्र नारायण (आशिष) चौधरीको पाँच घण्टा लगाएर पोलिग्राफ जाँच गरीएको छ । यसको पनि रिपोर्ट आउन बाँकी छ ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया