susma

मैले मामा प्रभुशमसेर जबराको निर्माणमा सुदर्शन थापा निर्देशित ‘मेरो एउटा साथी छ’ फिल्मबाट डेब्यु गरेकी हुँ ।

अभिनयमै करिअर बनाउँला भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । झन्डै चार वर्ष नेपाल वान र न्युज २४ टिभीमा फिल्मसम्बन्धी कार्यक्रम प्रस्तोताका रूपमा मैले सञ्चारमाध्यमको राम्रै अनुभव गरेकी थिएँ ।सबैले तिमी त हिरोइनजस्ती छौ, फिल्ममा ट्राई गर भन्थे । तर, मैले त्यो कुरालाई सिरियस्ली लिएकी थिइनँ ।मामाको फिल्म भएकाले एउटा भूमिका निर्वाह गरेँ । मेरो पहिलो दिनको सुटिङ दयाहाङ राईसँग परेको थियो । मैले पहिलो सट एक टेकमै ओके गरेकी थिएँ । मेरो अभिनय देखेर सबैले तारिफ गरेका थिए ।

टिभीमा कार्यक्रम सञ्चालन गरेको अनुभव भएकाले फिल्मको पर्दामा आफूलाई देख्दा मलाई खासै केही नौलो लागेन । खासमा मलाई बच्चैदेखि आर्मी बन्ने इच्छा थियो । तर, कसो–कसो फिल्ममा आएँ । मेरो एउटा साथी छपछि मलाई फिल्मका अफर आउन थाले । प्रमुख भूमिकामा अभिनय गर्न थालँ। यतै रमाइलो भयो ।

एकपछि अर्काे फिल्म अझ हिट दिऊँ भन्ने चाहना बढ्यो । आर्मी बन्नेतिर ध्यानै गएन । हिरोइनका रूपमा जमिरहेकी छु । म यसमै सन्तुष्ट छु ।अहिलेसम्म कतिवटा फिल्ममा अभिनय गरेँ भनेर गनेकी छैन । देश–विदेशमा दर्शकको माया पाएकी छु । यसमै खुसी छु । पछिल्लो समय फिल्मभन्दा प्रोग्रामहरूमा बढी व्यस्त छु । केही दिनमै जापान जाँदै छु । फर्किएपछि नयाँ फिल्म गर्नेछु ।नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया