१९ जेठ, रविन्द्र साह,सप्तरी।सितापुर गाविस १ का भएको आगलागीबाट क्षति भएका अग्निपीडित परिवारलाई मंगलबार एक संस्थाले राहत वितरण गरेको छ । धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा त्यहाँका अग्निपीडित राजु चौधरी, महेश चौधरी, लखन चौधरी सहितलाई राहत स्वरुप भाडाकुडाँ, त्रिपाल, लत्ताकपडा सहितका सामग्रीहरु प्रदान गरेका हुन ।

सो समारोहमा संस्थाका अध्यक्ष ई.एवं समाजसेवि सुर्य नारायण यादव, स्काउट क्लवका अध्यक्ष भवानी चौधरी, उमावि कल्याणपुरका पुर्व प्रअ महाविर चौधरी, समाजसेवि मुसहरु चौधरी सहितकाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया