२० जेठ, रविन्द्र साह सप्तरी ।(प्रतिनिथि तस्विर) सप्तरीका कतिपय स्वास्थ्य चौकीहरुमा नै चर्पी नरहेको पाईएको छ । वि.स.२०४८ सालमै स्थापना भएको सप्तरीको गम्हरिया प्रवाहा गाविसस्थित स्वास्थ्य चौकीमा अझै चर्पी नरहेको पाईएको छ । एक जना अहेव, एक जना मासिका, एक जना अनमि, एक जना ग्रास्वाका र एक जना पियन गरी कुल ५ जनाको दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा चर्पी नहुँदा स्वास्थ्य चौकीका कर्मचारीका साथै सेवाग्राहीहरु समेत खुल्ला ठाउँमै गएर दिसा पिसाव गर्ने गरेका छन् ।

सन् २०१६ भित्रमा सप्तरी जिल्लालाई एक घर, एक चर्पी निर्माण गरी खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएएपनि जिल्लाका कतिपय स्वास्थ्य चौकीहरुमा अझै चर्पी नरहेको अवस्था रहेको छ । स्थानीयबासीहरुका अनुसार महिलाहरु उपचारका लागि स्वास्थ्य चौकी आउँदा उनीहरुलाई शौच गर्न निकै समस्या हुने गरेको छ । सो स्वास्थ्य चौकीमा चर्पी निर्माणको लागि करिब एक वर्ष अगाडी गाविसबाट १५ लाख आर्थिक सहयोग प्रदान गरेपनि अझै सो स्वास्थ्य चौकीमा चर्पी निर्माण हुन सकेका छैन ।

यसैबिच सो सम्बन्धमा स्वास्थ्य चौकीका प्रमुख नागेश्वर प्रसाद साहसँग जिज्ञासा राख्दा उहाँले एक वर्ष अगाडी गाविसबाट १५ हजार आर्थिक सहयोग गरेपनि अहिले आएर सो रकमबाट चर्पी निर्माण हुन नसकिने भएकोले स्वास्थ्य चौकीबाट समेत केही रकम जम्मा गरी चाडै नै चर्पी निर्माण गर्ने जानकारी दिनुभयो ।्..

तपाईको प्रतिक्रिया