२० जेठ, मोरङ। फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेक्केदार कम्पनीले फोहोर व्यवस्थापन सन्तोषजनक तरिकाले नगरेको विराटनगर उपमहानगरपालिकाका नगरवासीले गुनासो गरेका छन् । नागरिक सरोकार मञ्चका अध्यक्ष मोहन भट्टराईले विराटनगर क्षेत्रको फोहोर व्यवस्थापनमा ध्यान नपु¥याउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गन्धले धेरै ठाउँमा त नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।”

 फोहोर व्यवस्थापनका लागि विराटनगर उप–महानगरपालिकाले काठमाडाँैको बेस्ट मेनेजमेन्ट प्रालिलाई जिम्मा दिएको थियो । गत जेठ १ गतेदेखि सो कम्पनीले रु ११ लाख ४० हजारमा फोहोर व्यवस्थापनको जिम्मा पाएको थियो । नयाँ ठेकेदारले पुरानै शैलीमा काम सुरु गरेपछि विराटनगर क्षेत्रको फोहोर व्यवस्थापनमा थप समस्या आएको स्थानीयवासीको भनाइ छ ।

विराटनगर उप–महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि १० वटा ट्र«्याक्टर, १५ वटा ट्राईसाइकलले मात्र फोहोर सङ्कलन गरिरहेकाले नगर क्षेत्र दुर्गन्धित भएको हो । विराटनगर उपमहानगरपालिकामा दैनिक ७० हजार मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । विराटनगरको गुद्री बजारमा मात्रै दैनिक २० हजार मेटिक टन फोहोर उत्पादन हुने गरेको छ ।

विराटनगर उपमहानगरपालिकाका सरसफाइ शाखाका प्रमुख हीरालाल यादवका अनुसार सरसफाइको विरुद्धमा विराटनगर उपमहानगरपालिकामा धेरै गुनासो आएपछि फोहोर व्यवस्थापन ठेकेदार कम्पनीलाई चेतावनी पत्र पठाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भर्खरै चेतावनी पत्र पठाएको छु ।”

ठेकेदार कम्पनी बेस्ट मेनेजमेन्टका सञ्चालक केशव थापाले पुरानो ठेकेदारले फोहोर सङ्कलन नगरेकाले थुप्रै सरसफाइ गर्नुपरेकाले समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो सरसफाइ बाँकी नै छ त्यो सकेपछि फोहोर व्यवस्थापन चुस्त हुन्छ ।”

तपाईको प्रतिक्रिया