rasifalमेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ने देखिन्छ। काममा समेत व्यवधानको समय छ। सोचेको काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। हातमा आएको प्रतिफल गुम्न सक्छ, सचेत रहनुहोला। इष्टदेवको पूजा–उपासनाले फाइदा हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अरूका काममा समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ।प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।-नेपालि पात्रो

तपाईको प्रतिक्रिया