kanchanpur nagarpalika balmaitri gathan

२१ जेठ, रविन्द्र साह सप्तरी। कन्चनरुप नगरपालिकाको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको आयोजनामा कंचनरुप नगरपालिकाको बार्ड नं. ३, ६, ११ मा बालमैत्री स्थानीय शासन प्रबद्र्धनका लागी ७ सदस्य वडा समिति समेत गठन भएको छ । सरोकारबालाहरुलाई बालबालिकाहरुको सुरक्षित भई बाँच्न पाउने हकको प्रवद्र्धन गर्न र बालबालिकाहरुको संरक्षण सम्बन्धी हकको प्रवद्र्धन गर्न जानकार भई व्यबहारमा लागु गर्न सक्षम भई वडास्तरमा बालमैत्री स्थानीय शासनको परिभाषा, थालनी, महत्व र वाल सहभागीता, न्यूनतम सूचकहरु, तहगत खुडकिला र बालबालिकामा लागानी किन बिषयबस्तुमा आधारित भई अभिमुखिकरण गोष्ठी सुरु भएको हो ।

३ वटै वडामा ३०-३० जनाको सहभागमिा बालमैत्री स्थानीय शासनका उद्देश्यहरु, स्थानीयस्तरका सबैक्षेत्र र तहका निकायहरुको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताका माध्यमबाट उनीहरुका अधिकार सम्बन्धी सबालहरुलाई मूलप्रवाहीकरण गरी बालमैत्री शासन प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो ।

उक्त कार्यक्रमको प्रशिक्षकहरु मिरा भट्टराइ , कविता बस्नेत, उपेन्द्र प्रसाद साह, रन्जिता चौधरी, राजिव कुसयैत, सुशिला चौधरी र राजेन्द्र प्रसाद यादवले प्रशिक्षण गर्नु भएको थियो भने कंचनरुप नगरपालिकाको कार्यकारी अधिकृत राम नारायण साह, सामाजिक विकास शाखाको राजेश कुमार यादव, पत्रकार उत्तम आचार्य र आयोजक संस्थाको अध्यक्ष शम्भुनन्द चौधरीले अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया