सप्तरी, १० कात्तिक । एक मिनीबसमा लुकाएर लगिँदै गर्दा सप्तरीको भारदहबाट करिब तीन सय लिटर डिजेल र पेट्रोल बरामद गरिएको छ ।

mhop72c

गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहस्थित राजमार्गमा बा३ख ६१७४ नंको मिनीबसभित्र लुकाई राखेको अवस्थामा प्रहरीले जाँच गर्दा अवैध डिजेल र पेट्रोल फेला परेको जनाएको छ ।

बरामद गरिएको पेट्रोल र डिजेललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको र सो विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया