bijaya-pant1

विजया पन्त । मेडम नमस्कार, निन्याउरो अनुहार अनि बनावटी हाँसोसहितको बोली । श्रीङ्गारविहिनको अनुहार फुङ्ग उडेको, १६÷१७ वर्षको उमेर उसमा कुनै चमक छैन, सामान्य लुगा, दुबै हातमा चुरा छैन । उसलाई देख्ने बित्तीकै उसको २ वर्ष अगाडिको अनुहारको याद भो ।

एक निमिसमै २ वर्ष र अहिलेको अनुहार तुलना गरेँ । लाग्यो उसमा हिजोको जस्तो चञ्चलापन छैन न त उत्साह, उमङ्ग नै छन् । उसको शिरदेखि पाउसम्म नियाले पछि सोध्न मन लाग्यो । के छ तिम्रो खबर ? कुनै धकविना नै भनी, मेडम मेरो त सम्बन्ध विछोड भो । उसलाई यो शब्द भन्न जति सजिलो भो मलाई सुन्न त्यति नै गाह्रो भो । उसँगको ४÷५ मिनेटको भलाकुसारी पछि छुट्टिएँ ।

मेरा मनमा धेरै कुरा खेल्न थाले । आजकल विवाह र सम्बन्ध विछोड कति सजिलो छ ? के विवाह लुगाफेरे जस्तो हो ? एउटा लुगा किनेर ल्याएपछि यता सानो भो, यता कस्सियो । थोरै रङ मन परेन भो अर्को किन्छु यो फाल्छु । डमीमा लगाइदिएको कपडा हो र ? विवाह । कति सस्तो र सजिलो विवाह र सम्बन्धविच्छेद ? पारपाचुके, सिनकिधागो भनेर बुझिने सम्बन्धविच्छेद आजकल म्ष्खयचअभ भनिन्छ । हुन त अंग्रेजीमा बोलेपछि त्यसको अर्थ पनि डलरमा हुन्छ कि ? जे सुकै होस् । बच्चैमा सम्बन्ध विछोड, पारपाचुके, सिन्किधागो जस्ता शब्द सुनेकी म यो शब्दसँगै डर लाग्थ्यो र आज पनि कसैको सम्बन्ध विच्छेद भो भने पछि जीवनका पाटा पल्टाउन मन लाग्छ । आज जानेर, बुझेर, मन परेर विवाह गर्ने अनि २÷४ वर्षमा सम्बन्धविच्छेद हुने ? हुन त म यसो भनिरहदा कानुनको विरोधी बनुला, अधिकारको विरोधी बनुला तर म यी कुराको विरोधी होइन मेरो संस्कार र कानुनसँग नमिलेका कुराको विरोधी भने हुँ ।

हिन्दु संस्कारअनुसार विवाह गर्दा विवाह मन्डपमा अग्नी साक्षी राखेर, लगन जुराएर, स्वयम्वरको औठी र माला लगाएर, सिन्धुर हालेर गरेको विवाह अदालती कागतले अन्त्य गर्ने देखेर कता कता संस्कार र कानुन नमिलेको हो कि ? भन्ने हुन्छ । कागजमा जोडेको नाता हो र ? कागजमै अन्त्य हुने ? कस्तो छ, नाता जोड्दा हिन्दु धर्मको संस्कार र अन्त्य गर्दा कानुनको संस्कार ?

काम विशेषले मालपोत कार्यालयको लेखनदासकोमा पुगेकी म, एक जना महिला १७÷१८ वर्षकी छोरी लिएर त्यहाँ आइपुग्नु भो । कुरा चल्न थाल्यो, बाबु आएनन्, ठूलो बा भए पनि आउलान् । म अवाक भएर कुरा सुनिरहे तर मनमा भने खुलदुली लागिरह्यो । महिला त्यहाँबाट हिडेपछि खुल्दुली मेटाउन मैलै सोधे के हो र ? आमाको सम्बन्ध विछोड भएको हो तर छोरी आमासँग बस्छिन् । छोरीको नागरिकता बनाउन बाबु चाहियो । आज नागरिकतासम्म दिन नसक्ने तिमीले कस्को सन्तान हुर्काएकी हौ ? कानुनले श्रीमान श्रीमतीको सम्बन्ध तोडे पनि सन्तानको सम्बन्ध त तोडिन सकेन ।

तिमीले कागजमा पो सम्बन्धविच्छेन गरिछौ मनमस्तिष्कमा त गर्न सकिनौ नि । जस्को सन्तानलाई काखमा लिएर बसेकी छौ हरपल त्यही सन्तानले दुई जनाको सम्बन्ध जोडिदिएको छ र सुत्दा, उठ्दा मनमस्तिष्कमा ठेस पु¥याएको छ भने कसरी सम्बन्धको विछोड भो ? कागजमा भएपनि मानसिक रुपमा हुन सकेन । हुन त पीडा आआफ्नै हुन्छ तर सम्बन्धको विछोड गरेर पनि त मानसिक रुपमा ऊसँगको सम्बन्धबाट छुटकरा पाउन सकिनौ । बाबु, छोरी र आमाको सम्बन्धले तिम्रो आँखामा आँसु त भरिन्छ नै छोरीले जीवनभर आमा र बुबाको नाम लेख्दा दुईको सम्बन्धलाई पनि जोडेकै हुन्छ नि । यो त एक प्रतिनिधि पात्र मात्र हो । यस्ता हजारौँ छन् ।

सन्तान जन्मेका महिला र पुरुष मात्र होइन भर्खर विवाह गरेर सुनौलो सपना बोकेका दम्पती पनि सम्बन्धविच्छेद गरेर एकअर्कामा स्वतन्त्र हुन खोजेका छन् । कतै केटीको इच्छाले त कतै केटाको इच्छाले सम्बन्धविच्छेद गरेका उदाहरण पाइन्छन् । हुन त कानुनमा केटीको इच्छा बेगर सम्बन्धविच्छेद हुँदैन तर केटीलाई मेरो चाहनाले सम्बन्धविच्छेद गर्न खोजेकी हुँ भन्ने नाटक गर्न लगाएर सम्बन्धविचछेद गराइन्छ । जव एक एर्कामा मेल हुँदैन सँगै बस्न पनि गाह्रो हुन्छ ।

सानातिना कुरामा सम्बन्धविछोड गर्दा हाम्रो संस्कारमा केटा मान्छेलाई त सजिलो हुन्छ तर केटीलाई सजिलो छ ? यो समाजमा हिजो जस्तै माग्न आएर जग्गेपुजेर फेरी तिम्रो विवाह हुन सक्छ न त तिमी हिजो जस्तो कुमारी बन्छ्यौ ? जसरी सम्बन्ध विच्छेद गरेको केटाको हुन्छ । केटीले सम्बन्धविच्छेद दिनु भनेको केटालाई छुटकरा दिनु हो । सकछेउ भने बसन उसलाई छोडेर किन सम्बन्धविच्छेद नै गर्न पर्छ र ? हुन त सम्बन्धविच्छेद गर्दा २÷४ लाख पैसा त पाइन्छ तर कुमारीत्व लुटिइ सकेकी हुन्छ्यौ । सम्बन्ध विच्छेद पछि कुमारीत्व लुटिएकी कुमारी बनेर न त माइतमा बाबुसँग अधिकार रहन्छ न त लाग्नेसँग न त समाजको आँखामा कुमारी बन्न सक्छ्यौ ?

पुरुष तिमीसँग कुमारत्व नै हुँदैन त्यसैले त्यसको मूल्य पनि थाहा हुँदैन । तर तिमी फेरी सम्बन्धविच्छेद भएको केटीसँग बाजा बजाएर गौरवको साथ विवाह गर्न पनि सक्दैनौ । सम्बन्धको मूल्य दुईचार लाख भए कुमारीको मूल्य कति दिन सक्छौ ?साझासवालबाट ।

 

तपाईको प्रतिक्रिया