२२ जेठ, रविन्द्र साह। सप्तरीको राजविराज भारदह सडकखण्ड अन्तर्गत सप्तरीको हनुमाननगरमा शुक्रबार बिहान माइक्रोबसमा बस ठोक्किँदा आठजना यात्रु घाइते भएका छन् । राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको को १ झ ३६६९ नंको माइक्रोबसलाई सोही दिशातर्फ जाँदै गरेका लु १ ख ८०३६ नंको बसले पछाडिबाट ठक्कर दिँदा आठजना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । घाइतेलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र माइक्रोबस र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया