इनरुवा जेठ २२/सुनसरीको इनरुवामा आयोजित समावेशी फुटबल प्रतियोगितामा टिम एल्लो बिजयी भएको छ ।इनरुवा स्थित प्रस्तावित नयाँ जेल मैदानमा सम्पन्न प्रतियोगितामा टिम ब्लुलाई हराउँदै एल्लो टिम बिजयी भएको हो ।हाम्रो टिम मैदानमा कार्यक्रम अन्र्तगत आयोजित फुटबल प्रतियोगितामा सेमिफाइलनमा आआफ्ना प्रतिद्धनद्धीलाई पराजित गर्दै टिम एल्लो र ब्लु टिम फाइनल पुगेका थिए ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा टुङ्गिएपछि प्यानेन्टी सुटआउटमा टिम एल्लोले ब्लु टिमलाई ४–१ ले पराजित गरेको हो ।बिजयी टिमलाई सुनसरीका प्रहरी नायव उपरिक्षक विनोद घिमिरे र इन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।हाम्रो टिम मैदानमा भन्ने कार्यत्रममा २० जना प्रहरीका साथै ६२ जना युवायुवतीको सहभागिता रहेको थियो ।