माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हौसिएर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेको बताएका छन्। माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिवासमा गरेको दुई नम्बर प्रदेशस्तरीय एकता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू बिग्रिँदा पार्टी कमजोर बताएका छन्।

‘शान्ति प्रक्रियामा आएपछि मैले परिस्थितिको सही आँकलन गर्न सकिनछु, म आफैँ बिग्रिएछु, साथीहरूले पनि प्रचण्डपथ भन्दै मलाई आवश्यकताभन्दा धेरै माथि पुर्‍याएर बिगार्ने काम गरेछन,’ उनले भने, ‘दोस्रो संविधान सभाको निर्वाचनपछि मैले आफू बिग्रिएको छ्यांग थाहा पाएँ, अहिले सच्चिने प्रयास गर्दै छु ।’

माओवादी पार्टी कमजोर बन्नुमा आफू प्रमुख जिम्मेवार रहेको भन्दै प्रचण्डले विगतको गल्तीबाट अब पाठ सिकेको बताए। उनले अब पार्टीलाई सुदृढ बनाएर लैजानेसमेत बताए । अाजकाे  नयाँ पत्रिकामा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया