२३ जेठ, रविन्द्र साह सप्तरी।नागरीक मैत्रि अभियान अन्तर्गत सप्तरी प्रहरीले शनिबार जिल्लाका सवै प्रहरी इकाईहहरुमा नागरीकसँग सुरक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सम्पुर्ण इकाइका सुरक्षा प्रमुख, स्थनिय राजनीतिक पार्टी, नागरिक समाज, मानव अधिकारकर्मी, संघसंस्था, शिक्षक शिक्षिका, भद्रभलादमिको उपस्थिति रहेको थियो ।

प्रहरी इकाइमा गरिएको सुरक्षा अन्तरक्रिया कार्यक्रममा प्रहरीको शान्ति सुरक्षको अवस्था राम्रो रहेको, प्रहरी क्रियाकलाप, गस्तिको कारण अपराधिक क्रियाकलाप न्युन भएको र प्रहरी काम कारवाहि अझ प्रभावकारी बनाई अपराधिक क्रियाकलाप शुन्य पार्न सकिने जस्ता क्रियाकलापमा स्थानियबासिले पुर्ण रुपमा सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया