sadbhavna party parityag saptari

२३ जेठ, रविन्द्र शाह सप्तरी। विभिन्न पार्टी परित्याग गरी शनिवार सप्तरीमा सम्पन्न एक कार्यक्रममा सयौंको संख्यामा सदभावनामा प्रवेश गरेका छन् । सप्तरी क्षेत्र नं. २ को २ नं. योगिनियाँ र मंसापुर गाविसका कांग्रेस, एमाले, संघिय समाजवादी फोरम, नेपाल सदभावना पार्टी लगायतको विभिन्न पार्टीका नेता तथा कार्यकर्ता गरी करिब पाँच सायको संख्यामा सदभावनामा प्रवेश गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा सुनिल गोइत, अनिल कुमार गोईत, मृत्युन्जय गोइत, नमोनारायण यादव, फुलेश्वर सदा लगायतको २ सयको संख्यामा गाविस स्तरीय विभिन्न पार्टीका नेता तथा कार्यकर्ता रहेको सदभावना प्रेस मञ्चका अध्यक्ष सुभचन्द्र झाले जानकारी दिनुभयो । यस्तै मंसापुरबाट करिब ३ सयको संख्यामा एमाले र कांग्रेस मधेश विरोधी रहेको भन्दै शनिवारै सदभावनामा पार्टीमा प्रवेश गरेको छ ।

पार्टी प्रवेश गर्नेहरुमा मंसापुरका राधे मण्डल, रमेश मण्डल, बिश्नुदेव मण्डल, सूर्यनारायण मण्डल, रामेश्वर मण्डल, दिलिप प्रसाद साह, मुनेश्वर मण्डल, भोला मण्डल, संकरदेव खंग, बुचु झा, जुगेश्वर मण्डल लगायत रहेका छन् । नवप्रवेशीहरुलाई क्षेत्र नं २ का अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको एक कार्यक्रमबिच पार्टीका वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव, नवल किशोर साह, महासचिव मनिष कुमार सुमन, जिल्ला अध्यक्ष सुनिल कुमार झालगायतका नेताहरुले फुल, माला र अविर लगाई स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया