२३ जेठ, रविन्द्र शाह सप्तरी।सप्तरीको शम्भुनाथ नगरपालिकाकाको सहयोग तथा सामुदायिक महिला विकास मंच देउरी भरुवाको आयोजनामा १५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

तालिममा सहभागि निलम चौधरीले यसअघि आफुहरुसित कुनै सीप नहुँदा दिनभरी त्यत्तिकै घरमा बसेर समय खेर फाल्ने गरेको तथा जुन दिनदेखि सिलाई कटाई सीप सिक्न थालेपछि आफुहरु दिनरात कम्मर कसेर लागिपरेको बताईन । उक्त तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको तथा प्रशिक्षकमा अमेरिका चौधरी रहेको मंचकी अध्यक्ष बिमला यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया