२३ जेठ, नरेन्द्र बस्नेत बेलबारी । मोरङको कानेपोखरी बसको ठक्करबाट एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । शनिबार बेलुका सडक किनारमा सुतिररहेका खोटाङ सावाकटहरे घर भई धनकुटामा कार्यरत नेपाली सेनाका जवान ३२ बर्षीय नयन्द्र बहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले जानकारी दिएका छन । बेलुका ७.३० बजेतिर को १ ख २३५५ नम्बरको बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको र बस सहित त्यसका चालकलाई भने नियन्त्रणमा लिईएको इन्स्पेक्टर थापाले बताए ।

तपाईको प्रतिक्रिया