inaruwa yuba youth invironment day1
इनरुवा जेठ २३/विश्व वातावरण दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवका युवाहरुले वृक्षारोपण गरेका छन् ।युथ अफ इनरुवामा आवद्ध स्थानीय युवाहरुले मगरटोल क्षेत्रको सडकको दायाँबाँया वृक्षारोपण गरेका हुन् ।

inaruwa yuba youth invironment day
इनरुवा क्षेत्रमा सप्ताह व्यापी सरसफाई लगायतका कार्य गर्दै आएको युथ अफ इनरुवाले नगरपालिकाको सहयोगमा विभिन्न प्रजातिका विरुवा रोपेको हो । युवाहरुले हरियाली जोगाउने अभियानका लागि रोपिएका विरुवाको संरक्षणमा लाग्न स्थानीयहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रम इनरुवा नगरपालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया