इनरुवा जेठ २३/विश्व वातावरण सुनसरी जिविसका कर्मचारीरुले वृक्षारोपण तथा छलफलको आयोजनागरी मनाएका छन् ।दिवसको अवसरमा जिल्ला विकास समिति सुनसरी हातामा समेत वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरिए ।वातावरण शाखाको आयोजनामा कार्यालय हातामा विरुवा रोपिनुका साथै सरोकारवालावीच वातावरण मैत्री विषयक छलफल चलाइएको थियो ।
स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले, योजना अधिकृत तेजनारायण यादव, यूएनएफपिए सुनसरी संयोजक काशी पोखरेल सहितको उपस्थितीमा विभिन्न प्रजातिका विरुवा रोपिएको वातावरण अधिकृत पुष्पनारायण चौधरीले बताए ।
चौधरीका अनुसार वातावरण दिवसलाई लक्षित गरी सुनसरीका विभिन्न विद्यालय तथा संघसंस्था सहित अन्य कार्यालयहरुका लागि २५ सय बढी विरुवा वितरण गरिएको थियो ।