Inaruwa shani jayanti

इनरुवा जेठ २३/शनि जयन्तीको अवसरमा इनरुवाम विविध कार्यक्रमको आयोजना गरिएको छ ।जयन्तीको अवसरमा शनि जयन्ती महोत्सव समिति इनरुवाले धार्मिक विधि विधान अनुसारका कार्यक्रमहरुको आयोजना गरेको थियो । शनि मन्दिर परिषरमा हवन, अभिषेक, पुजा अर्चना लगायतको आयोजना गरिएको थियो ।शनि जयन्तीका अवसरमा मन्दिर समितिले हरेक वर्ष विधी विधान अनुसारका धार्मिक कार्यहरुको आयोजना गर्दै आएको छ ।
खासगरी प्रत्येक शनिवार शनिको पुजाका लागि पुग्नेहरुको भिड लाग्ने गरेतापनि शनि जयन्तीका अवसरमा आज आयोजित विशेष कार्यक्रममा स्थानीयका साथै आसपासका क्षेत्रबाट समेत दर्शनार्थी इनरुवा पुगेका थिए ।शनि क्रोधका देवता भएको र शनि लागे सर्वस्व नाश हुने धार्मिक कथन अनुसार सुख शान्तिको कामना गर्दै शनिको पुजा आराधना गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया