नक्कली शैक्षिक प्रमाणपत्रकारी पाइलट जेल चलान भएका छन्। तर, नक्कली इन्जिनियर भने सामान्य धरौटीमा छुटेका छन्। एउटै मुद्दामा अदालतले दुई किसिमको आदेश दिएको हो। प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट र इन्जिनियर दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो।
मुद्दा चलाइएका १० इन्जिनियर ९ हजार धरौटीमा छुटेका छन्। पाइलट विशाल कार्की भने काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।