richard__huckle yaun kanda sajay

एजेन्सी । दुईसय बच्चालाई यौन शोषण गर्ने एक यौन पिचाशुलाई २२ वर्ष जेल सजाय दिइएको छ ।ब्रिटेनको एक अदालतले ३० वर्षिय रिचर्ड हकलले सन् २००४ देखि २०१४ को समयमा मलेसियाका दर्जनौ बच्चाहरुलाई यौन शोषण गरेको भन्दै उक्त सजाय सुनाएको हो ।

उनले यौन शोषण गरेको बच्चाहरु ६ महिना देखि १२ वर्षका रहेका थिए ।ब्रिटिश नागरिक रिचर्ड हकल मलेसियामा बच्चाको यौन शोषण सम्बन्धी ७१ आरोप उनले स्विकार गरेका थिए ।रिचर्डलाई अब न्युनतम २३ वर्ष जेलवजीवन भोग्नु पर्ने अदालतले सजाय सुनाएको हो ।

प्रहरीका अनुसार रिचर्डले करीब दुई सय बच्चाहरुलाई यौन शोषण गरेका थिए ।यीनीहरुमा धेरै जसो मलेसियाको राजधानी क्यालालमपुरका गरिव बच्चाहरु थिए ।रिचडलाई ब्रिटिस न्यायधिस पीटर रूक क्युसीले उक्त सजायको घोषणा गरेका हुन ।

तपाईको प्रतिक्रिया