२५ जेठ काठमाण्डु। ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ । न कुनेै सुविधा छ, न कुनै सरकारी रेस्पोन्स, मानसिक तनाव मात्र बढायो यो पदले ।गौरीघाट बौद्धद्वार मार्ग, घर नम्बर ४४६/१४ को दोस्रो तलामा सोमबार बिहान पुग्दा पुर्वउपराष्ट्रपति परमानन्द झा निकै तनावमा देखिए । २०७२ कात्तिक १५ मा सेवानिवृत्त भएपछि उनी लाजिम्पाटको सरकारी निवासबाट गौरीघाटमा रहेको आफ्नै निवासमा सरे ।

सरकारी सुविधा भन्दै सरकारले चाकिसहतिको एउटा गाडी दियो । तर, चालकको पारिश्रमिक आएन । इन्धन छैन । पूर्वविशिष्ट पदाधिकारीको सुरक्षाको मापदण्डअनुसार ११ जना सेना खटिए । तिनको बसोबासको व्यवस्थासमेत उनैले आफनै घरमा मिलाउनु पर्यो ।पूर्वराष्ट्रपतिलाई भने सरकारले घर, सुरक्षाकर्मी, चालक, सहयोगी सबै उपलब्ध गराएको छ ।

उनलाई भने कानुन बनेको छैन भन्दै टार्ने गरेको झाको आरोप छ ।पूर्वउपराष्ट्रपतिको हैसियतमा कुनै आर्थिक सुविधा छैन । सरकारी चालकदेखि सुरक्षाकर्मीसम्मको भार उनकै जिम्मेवारीमा आयो । समस्या सुनाउन प्रधानमन्त्रीसँग डेढ महिनादेखि भेट्न खोज्दा कुनै प्रतिक्रिया आएन ।कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया