काठमाडौं / नेपाल भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रुपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरमा पिलर नयाँ बनाउनुपर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ ।
टोलीले हालै रुपन्देहीमा एक र कपिलबस्तुमा १२ वटा नयाँ पिलर निर्माण गरेको छ । जसमा ठूला ३ र माइनर १० वटा बिजोर नम्बरमा पिलर नयाँ बनाएको नापी विभागमा उपसचिव एवं सर्वेक्षण टोली प्रमुख निर्मल अचार्यले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।