काठमाडौं । म शक्ति बस्नेतलाई कारबाही गर्छु । गृहमन्त्रालयबाट कुनै हातमा निकालेरै छाड्छु; ‘अहिले उनीहरु मलाई हटाउनतिर लागेका छन् । फकाउन मान्छे पनि पठाएको पठायै छ; ‘तपाई भारतसँग लड्न सक्नुहुन्छ ?’ भनेर मैले प्रचण्डलाई सोधेँ । उहाँले म त सक्दिन भनेर हात उठाउनुभयो । ’ प्रधानमन्त्री केपी ओलीले शनिवार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकमा आफ्ना कुरा राख्दा व्यक्त भएका वाक्वांश हुन यी ।
ओलीले माधव नेपाललाई पनि व्यङ्ग्य गर्दै भने,‘मलाई बलात्कारी भन्ने ? शहिद पत्नी ताकेको भन्ने ? ’माधवले प्रतिवाद गरे, ‘लौ एजेण्डा राखेर बोलौं । एक्लै कराईरहने हो ?’ केपीले सभामुखको निवासमा वर्षमानसँग बसेर वामदेवले राजीनामाको प्रसंग सहमतिको बुँदामा हाल्न लगाएको आरोप लगाए ।
प्रधानमन्त्रीले आफूलाई सहयोग नगर्ने गृहमन्त्रीलाई हटाई छाड्ने अडान दोहो¥याएर भने आपूर्तिमन्त्री गणेशमान पुन कालाबजारियासँग साँठगाँठमा रहेको ठोकुवा समेत गर्न भ्याए ।आजको जनआस्था साप्ताहिकमा खबर छ।