naya sakti nepal saptari riha arun sah

२६ जेठ, रविन्द्र साह सप्तरी।नयाँ शक्ति नेपालका सप्तरी जिल्ला संयोजक अरुण कुमार साहलाई स्थानिय प्रशासनले द्वन्द्वकालिन मुद्दामा पक्राउ गरेको विराधमा मंगलबार राजविराजमा विरोध प्रदर्शन गरिएको छ । नयाँ शक्ति नेपाल सप्तरीका संयोजक अरुण कुमार साह अनिललाई प्रहरीले आइतबार सप्तरीको रायपुर गाविसस्थित उनकै घरबाट गिरफ्तार गरेको थियो ।

उनलाई सोमबार अदालतमा हाजिर गराई जेल चलान गरिएको छ । सोही बिरोधमा नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताहरुले मंगलबार राजविराजस्थित जनआन्दोलन चौकमा संयोजक साहलाई रिहाईको माग गर्दै बिरोध प्रदर्शन तथा सभा गरेका छन् । बिरोध सभामा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य रामरिझन यादवले द्वन्द्वकालीन मुद्दाको समाधानका लागि सत्य निरोपन तथा मेलमिलाप आयोगको गठन भइसकेको अवस्थामा प्रहरीले केन्द्रिय सदस्य समेत रहेका साहलाई गिरफ्तार गरेकोप्रति आक्रोस व्यक्त गर्नुभयो ।

उहाँले गृहमन्त्री शक्ति बस्नेतको ठाडो आदेशमा नेता साहलाई पक्राउ गरि जेल चलान गरेको आरोप समेत लगाउनुभयो । उहाँले माओवादी जनयुद्धको समयमा तत्कालिन कमाण्डर रहेका वर्तमान गृहमन्त्री बस्नेतकै नेतृत्वमा सेनाको व्यारेकहरुमा अरुण साह समेतले हमला गरेको जिकिर गर्दै अहिले सोही गृहमन्त्रीले साहलाई पक्राउ गर्ने दिएको आदेश कतिको न्यायोचित रहेको भन्दै प्रश्न समेत गर्नुभयो ।

यस्तै बिरोध सभामा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य छेदी यादव, लक्ष्मी चौधरी, सुर्य नारायण मण्डल, सप्तरी क्षेत्र नं. ३ का संयोजक प्रेम नारायण यादव, ४ का चन्द्रदेव मण्डल, ६ का संजय पाल लगायतका बक्ताहरुले द्वन्द्वकालिन मुद्दालाई ब्युत्याएर सरकारले मुलुकमा अर्को द्वन्द्वको अवस्था सृजना गर्न लागेको चेतावनी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया